भक्तपुर २ मा एमालेबाट महेश बस्नेत उम्मेदवार, प्रदेशमा थापा र प्रधान
२२ असोज, काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले चर्चित युवा नेता महेश बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर २ मा एमालेबाट बस्नेतलाइ उम्मेदवार बनाउन निर्णय गरेका हुन ।
एमालेले भक्तपुर २ को प्रदेशसभा ‘क’मा किरण थापा र प्रदेशसभा ‘ख’मा नन्दकृष्ण प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 09:58









