ललितपुर २ मा एमालेबाट प्रेम महर्जन उम्मेदवार, प्रदेशमा श्रेष्ठ र शाक्य
२२ असोज, काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले प्रेम महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ललिलतपुर २ मा एमालेबाट महर्जनलाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।
एमालेले ललितपुर २ को प्रदेशसभा ‘क’मा रामेश्वर श्रेष्ठ र प्रदेशसभा ‘ख’मा ज्ञानेन्द्र शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 09:27









