२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

काठमाडाैँ ८ मा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार, प्रदेशमा शाक्य र लामा

२२ असोज, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ ८ मा एमालेबाट शक्यलाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।

एमालेले काठमाडौँ ८ को प्रदेशसभा ‘क’मा  राजेश शाक्य र प्रदेशसभा ‘ख’मा नाम्गेल लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 09:15