२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

काठमाडाैँ ६ मा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार, प्रदेशमा मास्के र सिंह

२२ असोज, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ ६ मा एमालेबाट खनाललाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।

एमालेले काठमाडौँ ६ को प्रदेशसभा ‘क’मा  अमन मास्के र प्रदेशसभा ‘ख’मा निरेशलाल सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 08:27