माधवकुमार नेपालको समाजवादीले देशभर १९ क्षेत्रमा उम्मेदवारी दिने (सूचीसहित)
२२ असोज, काठमाडाैँ । अध्यादेशबाट जन्मिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले देशभरबाट १९ स्थानमा उम्मेदवारी दिने भएको छ । समाजवादीले सत्ता गठबन्धनबाट पाएको भाग अनुसार प्रतिनिधिसभाको १९ क्षेत्रमा उम्मेदवारी दिन लागेको हो ।
समाजवादीले १९ क्षेत्रमा उम्मेदवारी दिने अाफ्ना उम्मेदवारको नाम समेत टुंगो लगाएको छ । समाजवादी निकटको समाजवादी प्रेस संगठनका कार्यबाहक अध्यक्ष विश्वमणि सुवेदीका अनुसार १९ जनाकै नाम पार्टीका तर्फबाट टुंगो लागिसकेको छ ।
प्रतिनिधिसभामा उम्मेदवारी दिने एकीकृत समाजवादीका उम्मेदवार
१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले
प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार ०७:५३












