नुवाकोटको ६ क्षेत्र मध्ये कांग्रेसले २ क्षेत्रमा मात्र उम्मेदवारी दिने
२१ असोज, काठमाडौँ । नुवाकोटको प्रतिनिधिसभा र प्रदेशसभाको ६ निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसले २ वटा क्षेत्रमा मात्र उम्मेदवारी दिने भएको छ । कांग्रेसले पाँच दलीय गठबन्धनको सहमति अनुसार नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को ख र नुवाकोट क्षेत्र नम्बर २ मा उम्मेदवारी दिनेछ ।
नुवाकोट १ को खमा कांग्रेसका जिल्ला सभापति रमेशकुमार महत र क्षेत्र नम्बर २ का लागि बहादुरसिंह लामा उम्मेदवार हुने करिब निश्चित छ । यद्यपी अर्जुननरसिंह केसीले पनि २ नम्बरमा अन्तिम एक पटकका लागि भन्दै उम्मेदवार हुने रहर गरेका छन ।
क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा माओवादीका हितबहादुर तामाङ र प्रदेशसभा क मा माओवादीकै राधिका तामाङ उम्मेदवार हुनेछन । त्यस्तै २ को प्रदेशसभा क नेकपा एकीकृत समाजवादीको भागमा परेका कारण उसले राजेन्द्रप्रकाश लोहनी वा सूर्य कडेँल कसलाइ उम्मेदवार बनाउछ त्यो भने हेर्न बाँकी छ। प्रदेशसभा ख मा भाने माओवादीबाट हिरानाथ खतिवडा उम्मेदवार हुनेछन ।
यस्तै एमालेबाट क्षेत्र नम्बर १ मा बद्री मैनाली, प्रदेशसभाको कमा सुशील खड्का, खमा पूर्णलाल श्रेष्ठ उम्मेदवार हुँदैछन । त्यस्तै क्षेत्र नम्बर २ मा नारायण खतिवडा प्रदेश कमा केशवराज पाण्डे र खमा विजयसिहं लोप्चन उम्मेदवार हुनेछन ।
प्रकाशित मिति : 22:20









