२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले नुवाकोटका संस्थापक रामशरण प्याकुरेल समानुपातिक उम्मेदवार

२१ असोज, नुवाकोट । नेकपा एमालेको समानुपातिक सूचीमा नुवाकोटबाट रामशरण प्याकुरेल परेका छन । उनी एमालेको १०९ जनाको प्रतिनिधिसभाको उम्मेदवार हुनेमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुन । एमाले उपमहासचिव विष्णु रिमालको कोटामा प्याकुरेल समानुपातिकको बन्द सूचीमा परेका हुन ।

प्याकुरेल नेकपा एमाले नुवाकोटको संस्थापक समेत हुन । लामो समय गैरसरकारी संस्थाका काम गरेका प्याकुरेल हाल पार्टीको बागमती प्रदेश कमिटीको सदस्य तथा एमालेको केन्द्रीय स्कुल विभागको सदस्य समेत हुन ।

प्याकुरेललाई एमालेले पछिल्लो पटक नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्ष र बागमती प्रदेशको योजना आयोगको सदस्यको जिम्मेवारी दिएको थियो ।

 

प्रकाशित मिति : October 7, 2022 at 8:36 pm