एमालेबाट धादिङ १ मा भूमि त्रिपाठी, प्रदेशमा गजेन्द्र थपलिया र रमेश आचार्य
२१ असोज, काठमाडौँ । नेकपा एमालेले धादिङको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ युवा नेता भूमि त्रिपाठीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै धादिङ १ मा त्रिपाठीलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन । त्रिपाठी एमाले धादिङका अध्यक्ष समेत हुन । उनी यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभामा विजयी भएका थिए ।
त्यस्तै प्रदेशसभा तर्फ कमा गजेन्द्र थपलिया र प्रदेशसभा ख मा रमेश आचार्यले टिकट पाएका छन । मंसिर ४ गते हुने प्रतिनिधिभास र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
यस्तै क्षेत्र नम्बर २ मा खेम लोहनी र प्रदेशसभा डा रामकुमार अधिकारी र धनबहादुर घले उम्मेदवार रहेका छन ।
प्रकाशित मिति : 19:35









