मकवानपुर २ मा प्रतिनिधिसभा सदस्यमा एमालेबाट महेश बर्ताैला उम्मेदवार
२१ असोज, काठमाडाैँ । नेकपा एमालेले मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ युवा नेता महेश बर्ताैलालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै मकवानपुर २ मा बर्ताैलालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन । बर्ताैला अनेरास्ववियुका पूर्व उपाध्यक्ष हुन भने एमालेको बागमती प्रदेश कमिटीको उपसचिव हुन ।
त्यस्तै प्रदेशसभा तर्फ कमा बिष्णु ढकाल र खमा लाल बहादुर थापाले टिकट पाएका छन । मंसिर ४ गते हुने प्रतिनिधिभास र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 18:47









