अछाम १ मा एमालेबाट झपट बोहोरा उम्मेदवार प्रदेशसभामा जैशी र कुँवर
२१ असोज, काठमाडौँ । नेकपा एमालेले अछाम १ मा झपट बोहोरालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकारको सदुपयोग गर्दै अछाम १ मा माओवादीबाट एमालेबा आएका बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन ।
यसअघि डा भीमबहादुर रावलले आफूहरूको वास्तै नगरेको भन्दै सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापाले अध्यक्ष ओलीलाई रिपोर्टिङ गरेका थिए । त्यसपछि ओलीले डा रावलको बारेमा चासो लिएको र उनले टिकट नै नपाउने सम्मका समाचारहरू सार्वजनिक भएका थिए ।
ओलीले अछाम १ को प्रदेशसभामा भने कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरलाई टिकट दिएका छन । स्थानीय कमिटीले रावलको नाम एकल सिफारिस गरेको भए पनि पार्टी अध्यक्षले उनलाई टिकट दिन अस्वीकार गरेका हुन ।
प्रकाशित मिति : 17:45









