२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

एमालेको अध्यक्षमा ओलीलाई चुनौति दिएका डा भीम रावल कारबाहीमा, उम्मेदवारी पाएनन्

२१ असोज, काठमाडाैँ । नेकपा एमालेको १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका डा भीमबहादुर रावल कारबाहीमा परेका छन । उनले अछाम १ बाट स्थानीय कमिटीहरूबाट सर्वसम्मत रूपमा एकल नाम सिफारिस भए पनि टिकट पाएनन् । लेखराज भट्ट र कर्ण थापाको सुझावमा एमाले अध्यक्ष अोलीले डा रावललाई उम्मेदवार हुनबाट रोकेका छन ।

एमालेले अछाम १ मा झपट बोहोरालाई टिकट दिएको छ । उक्त क्षेत्रको प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएको एमालेले जनाएको छ । अछामको २ मा यज्ञ बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन् ।

प्रकाशित मिति : 17:32