२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

दोलखामा दुई पूर्वमन्त्रीको लडाइँले एमालेबाट बालकृष्ण शिवाकोटीलाई चिठा

२१ असोज, काठमाडौँ । दोलखामा पूर्वमन्त्रीद्धय आनन्द पोखरेल र पार्वत गुरूङको लडाइँले युवा अनुहार बालकृष्ण शिवाकोटीलाई चिठा परेको छ । शिवाकोटी एमालेबाट दोलखामा प्रतिनिधिसभाको उम्मेदवार हुने टुंगो लागेको छ ।

अन्तिम समयसम्म पनि आनन्द र पार्वत एकले अर्कोलाई स्वीकार गर्ने परिस्थिति नबनेपछि एमाले अध्यक्ष ओलीले भान्जो साइनो लागेका शिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन ।

पोखरेल र गुरूङको जुँगाको लडाइँले स्थानीय चुनावमा एमालेले दोलखामा नमिठो हार व्यहोरेको थियो । एमालेले प्रदेशसभा तर्फभने नरबहादुर श्रेष्ठ र भरत केसीलाई उम्मदेवार बनाउने निर्णय गरेको छ । प्रदेशसभा क मा नरबहादुर श्रेष्ठ र ख मा भरत केसी उम्मेदवार हुने एमाले दोलखाले जनाएको छ ।

प्रकाशित मिति : 17:15