एमाले र राप्रपा चुनावी तालमेल, डा प्रकाशचन्द्र लोहनी लगायतका नेता बालकोटमा
२१ असोज, काठमाडाैँ । केही जिल्ला र क्षेत्रमा नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गर्ने भएको छ । यसअघि अनाैपचारिक भएका छलफल र सहमतिलाई अन्तिम रूप दिन नेताहरू छलफलमा जुटेका छन ।
अहिले राप्रपाको निर्देशक समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीसहितका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भेला भएका छन । केही जिल्ला र निर्वाचन क्षेत्रमा मात्र राप्रपा र एमालेबीच चुनावी तालमेल हुने एमालेले जनाएको छ । एमालेले यसलाई स्थानीय आवश्यकता रूपमा अर्थ लगाएको छ ।
राप्रपा र एमालेबीच बाँके, रूपन्देही, चितवन, धादिङ, नुवाकोट, काठमाडौँ, चितवन र झापा लगायतको जिल्लामा तालमेलको सम्भावना रहेको छ । राप्रपा र एमालेबीच तालमेल हुँदा ती जिल्लाहरूमा गठबन्धनका उम्मेदवारलाई जित्न कठिन हुनेछ ।
प्रकाशित मिति : 16:53









