२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

आफैँमाथि बाबुरामको ब्यंग्यः दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई व्यापारमा झार्नु हो

२१ असोज, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आफैँमाथि भंयकर व्यंग्य गरेका छन । आधा दर्जन राजनीति दलको संलग्नतामा पुगिसकेका भट्टराईले बिहीबार राति उपेन्द्र यादवतर्फ संकेत गर्दै आफैँ माथि व्यंग्य गरेका हुन ।

जसपा अध्यक्ष यादवले राजनीतिक कित्ता परिवर्तन गरेर एमालेसँग चुनावी तालमेल गर्न लागेको खरबहरू बाहिरिएपछि उनले ट्वीटर मार्फत यस्तो काम राजनीतिलाई व्यपारमा झार्नेमा सीमित हुने टिप्पणी गरेका छैन । आफैँले पटक पटक राजनीतिक कित्ता र पार्टी परिवर्तन गरेका भट्टराईको उक्त व्यंग्य उनले यादवलाई गर्न खोजेको भए पनि त्यसले उनी स्वयंलाई व्यंग्य गरिरहेको छ ।

उनले भनेका छन, ‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ।एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !’

प्रकाशित मिति : 09:53