२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

एकीकृत समाजवादीका युवा नेता चौधरीसहित ५० भन्दा बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश

२१ असाेज, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरीसहित ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए । एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन ।

गत स्थानीय निर्वाचनमा रौतहट गुजरा नगरपालिकामा एकीकृत समाजवादीबाट मेयरका प्रत्यासी केशव राय चौधरी, एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य वडा १,४,६,७,९,को वडा अध्यक्षको प्रत्यासीसहित पचासभन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : 09:21