पाँच दलीय गठबन्धनकाे बैठक आज पनि, कांग्रेसका कारण सहमति जुटेन
२० असाेज, काठमाडौं । पाँच दलीय गठबन्धनकाे बैठक आज पनि बस्दै छ । दुई महिनादेखि प्रधानमन्त्रीकाे सरकारी निवास कब्जा गरेर बैठक गरिरहेकाे गठबन्धनले विजया दशमीकाे दिन पनि छलफल गर्याे तर सहमति जुटाउन सकेन ।
स्राेतका अनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभाकै हाराहारीमा प्रदेशसभामा पनि भाग खाेजेपछि सहमति जुट्न नसकेकाे हाे । हिजाे टीका लगाएर बसेकाे बैठक पनि विना निष्कर्ष टुंगिएको छ ।
हिजो नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको तर पनि सहमति हुन नसकेकाे नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।
कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिन खाेजेपछि पुष्पकमल दाहाल प्रचण्डसँगकाे सल्लाहमै माधवकुमार नेपाल र उपेन्द्र यादवले असहमति जनाएका छन ।
प्रकाशित मिति : 08:46







