सिन्धुपाल्चोक-१ मा एमालेबाट सरेशको सम्भावना उच्च
१४ असोज, सिन्धुपाल्चोक । मुलुककै चुनावी गठबन्धनको गाँठो फुकाउन सत्तापक्षलाई मुस्किल परिरहेको सिन्धुपाल्चोक-१ मा प्रतिपक्षी दल नेकपा एमालेले भने संघ र प्रदेशमा पार्टीभित्रका सर्वाधिक बलिया उम्मेदवार मैदानमा उतारेर परस्थिति आफूअनुकुल बनाउने कसरत गरेको छ ।
संघीय निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारका लागि नेता सरेश नेपालको नाम सम्भावनाको अग्रपंक्तीमा रहेको बताइएको छ ।
चर्चामा रहेको सिन्धुपाल्चोकको उक्त क्षेत्रमा नेता नेपालप्रति नेतृत्व र कार्यकर्ता पंङ्ति सकरात्मक बनेको बताइएको हो । समकालीन भुगोलमा कृयाशील सिन्धुका नेताहरुमध्ये सरेश निरन्तर जनसरोकारका मुद्दामा जोडिने नाम भएकोले मतदाताले खोज्ने उम्मेदवार थिए । अन्य नेताहरुको व्यवस्थापन गरेर नै पार्टीलाई शक्तिशाली बनाउन लागेका सरेशलाई भने अहिले सर्वसम्मत उम्मेदवार हुने अवसर उच्च भएको छ ।
एमालेबाट यसअघि प्रदेश साम्सद जितेर मन्त्री भएका नेपाल जिल्लामा जनप्रिय नेताका रुपमा चिनिन्छन । तत्कालीन गाविस अध्यक्ष, जिविस उपसभापति सभापतिहुँदै प्रदेश साम्सद एवम छोटो कार्यकाल मन्त्री भएका नेपालले अघिल्लो निर्वाचनमा अत्यधिक लोकप्रिय मत पाएका थिए ।
काङ्ग्रेस नेता मोहन बस्नेत र सभामुख माओवादी नेता अग्नि सापकोटाको क्षेत्रमा एमालेबाट चुनाव लड्नु चुनौतीपूर्ण भएपनि चुनौतीको सामाना गर्दै चुनाव जित्नेमा आफू ढुक्क रहेको नेता नेपालले बताए । यहाँ एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि नेताहरु अरुण नेपाल, व्यवसायी भरत पराजुली र बादल तामाङको पनि नाम सिफारिस भएको छ । यसअघि पटकपटक चुनाव लडेका नेता अरुण नेपाल भने यसपलि चुनाव नलड्ने मनस्थितिमा छन् ।
प्रकाशित मिति : September 30, 2022 at 4:43 pm









