नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८२ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा
१२ कात्तिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ८२ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकका पाँच जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि बैंकमा निवेदन दिएका हुन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैंकले आफ्ना सम्पूर्ण संस्थापक सेयरधनीलाई जानकारी गराउन ३५ दिने सूचना प्रकाशित गरेको छ ।
इच्छुक संस्थापक सेयरधनीले बैंकको सेयर रजिष्ट्रारको कार्यालय, आईटी प्लाजा, कमलादी, काठमाडौंमा निवेदन दिन सक्ने बैंकले जनाएको छ। साथै, ताेकिएकाे समयमा विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभए प्रचलित नियमअनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
प्रकाशित मिति : October 29, 2026 at 9:13 am










