पार्टीको चुनावी कार्यक्रममा रहेको मान्छेलाई सम्पर्क विहीन भन्नु हास्यास्पदः डा रावल
१३ असोज, काठमाडौँ । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले आफू पार्टीको चुनावी कार्यक्रममै रहेको भन्दै सम्पर्कबिहीन भनेर हल्ला चलाइएकोमा आपत्ति जनाएका छन । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै रावलले यस्तो बताएका हुन ।
उनले भनेका छन, ‘म ‘पार्टीको सम्पर्कमा नरहेको’ भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो।म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ।यो बारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ।म सम्पर्क विहीन भन्नु हास्यास्पद ।’
प्रकाशित मिति : September 29, 2022 at 11:07 am









