१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने, कुन सवारीलाई कति ?

१२ कात्तिक, काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूसँग आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विकास सहायता कार्यान्वयन महाशाखाअन्तर्गतको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आज एक सार्वजनिक सूचना जारी गर्दै शुल्क सङ्कलनसम्बन्धी विवरण सार्वजनिक गरेको हो।

सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १५ गतेदेखि दस्तुर असुली सुरु गर्न लागिएको हो।

सूचनाअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस तथा मिनी टिपर र ट्रकका लागि प्रवेशमा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। बस तथा ट्रकले प्रवेशमा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

प्रकाशित मिति : October 29, 2026 at 9:37 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/