२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

एमालेको प्रचारमा युवा संघको आक्रामक कार्यक्रम, देशभरका युवालाई एकै ठाउँमा प्रशिक्षित गरिदै

७ असोज, काठमाडाैँ । नेकपा (एमाले)को प्रचारको मोर्चामा जनवर्गिय संगठन राष्ट्रिय युवा संघले आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै लगेको छ । संघले शुक्रबार देशभरका नगरकमिटीसम्मका प्रचार विभागमा कार्यरत रहेका नेताहरू जम्मा गरेर शुक्रबार प्रशिक्षण दिन लागेको छ ।

काठमाडौँको कमलादीमा रहेको प्रज्ञा भवनमा संघले एक विशेष प्रचारको भेला नै आयोजना गरेर प्रशिक्ष दिन लागेको हो । भेलाको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण सम्बोधन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । संघले साइबर सर्कल नाम दिएर सामाजिक सञ्जाल मार्फत पार्टीको गतिबिधि प्रचार र प्रतिरक्षामा विशेष काम गर्दै आएको छ ।

एमालेको पार्टीको प्रचार संयन्त्र औपचारिकतामात्र सीमित भैरहेको समयमा संघले आफ्नो संयन्त्र मार्फत पार्टीको प्रचारमा समेत सहयोग गर्न प्रशिक्षण नै दिएर कार्यकर्ता तयार गर्न लागेको छ । शुक्रबारको प्रचार भेलामा सन्तोष पाण्डे, डा कुन्दन अर्याल, रमेश बडाल र असगर अलीले प्रशिक्षण दिँदैछन । भेलामा महेश बस्नेत, किरण पौडेल लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

प्रकाशित मिति : 10:39