सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
१२ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। यस दिन सुन तोलामा ३०० रुपैयाँले बढेकाे छ भने चाँदी तोलामा ५० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला तीन हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी प्रतितोला तीन हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रकाशित मिति : October 29, 2026 at 11:04 am










