२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री खुला

३१ भदाै, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज (भदौ ३१ गते शुक्रबार) देखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने ३ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले १०० अंकित दरका कुल ३२ लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ।

जसमा आयोजना प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिकाका वडा नं ६ र ७ का बासिन्दाका लागि ३० प्रतिशतले हुपिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री खुला, क (कसले पाउछन् भर्न रुन आउने ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ। बाँकी ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्तामा लमजुङ जिल्लाभर बासिन्दाहरुले खरिद आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। उक्त आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा निष्कासन बन्द असोज ३० गते बैंकिङ समयपछि हुनेछ। कम्पनीको आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

स्थानीयले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट तथा एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीसहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : September 16, 2022 at 12:20 pm