३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

३० भदाै,  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १२:१०