४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

साउन महिनामा वाणिज्य बैंकहरुले कमाए ८ अर्ब ७२ करोड नाफा

२८ भदाै, काठमाडौ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा २६ वाणिज्य बैंकहरुले कुल ८ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ । बैंकले साउनको अन्तिम सम्ममा ७५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

त्यसपछि, साउन महिनामा ग्लोबल आइएमई बैंकले ६७ करोड ३३ लाख रुपैयाँ र नबिल बैंकले ४९ करोड ७२ लाख नाफा कमाएका छन् । एनआइसी एशिया बैंकले ४७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अवभिमा सबैभन्दा कम बैंक अफ काठमाण्डूले कमाएको छ । बैंक अफ काठमाण्डूले साउन महिनामा १६ करोड ३० लाख रुपैयाँ मात्र नाफा आर्जन गर्न सफल भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकसहित ५ बैंकको नाफा ४० करोड भन्दा माथी रहेको छ भने ४ बैंकको नाफा २० करोड रुपैयाँ भन्दा कम रहेको छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा १२ वटा वाणिज्य बैंकहरुले ३० करोड रुपैयाँ भन्दा बढि मुुनाफा कमाउन सफल भएका छन् भने बाँकी १४ वाणिज्य बैंकहरुको नाफा ३० करोडभन्दा कम रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १८:०२