हिमालयन बैंक र सिभिल बैंकको डीडीए अन्तिम चरणमा
२७ भदाै, काठमाडौं । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा पुगेको जनाइएको छ ।
नेपाल राष्ट्र बैंकको साउन तेस्रो साता बसेको सञ्चालक समितिले दुुवै बैंकको मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको थियो। गत असार २९ मा हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो।
सम्भौताअनुुसार सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयनको ८१ कित्ता सेयर पाउनेछन् भने मर्जरपछि बैंकको नाम हिमालयन बैंक नै रहनेछ। यस्तै बैंकको सञ्चालक समितिमा पनि अहिलेको हिमालयनका सदस्यहरु नै रहनेछन्। हाल हिमालयन बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ७२५ रुपैयाँ र सिभिल बैंकको चुक्तापुँजी ९ अर्ब ७ करोड ५ लाख ४३ हजार ९० रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी २२ अर्ब रुपैयाँभन्दा बढी पुुग्नेछ।
प्रकाशित मिति : September 12, 2022 at 12:10 pm









