२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

भागवण्डा कार्यदलको प्रतिवेदन शीर्ष नेतालाई बुझाइदै, ९० सिटमा मात्र तालमेल !

२३ भदौ, काठमाडौँ । सत्तारूढ गठबन्धनको सिट भागवण्डा कार्यदलले आफ्नो प्रतिवेदन शीर्ष नेतालाई आज बुझाउने तयारी गरेको छ । कार्यदलका सदस्यहरूका अनुसार अहिलेसम्म ९० सिटमा तालमेल हुने निश्चित देखिएको छ । बाँकी ७५ सिटमा तालमेल कठिन बनेको छ ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्रले १३, समाजवादी केन्द्र र जनता समाजवादी पार्टीले ८/८, जनमोर्चाले १ र कांग्रेसले ६० सिट पाउनेगरी अहिलेसम्मको एक खालको तालेमलको सहमति तयार भएको छ । यो ९० सिटमा दलहरू एकअर्काका लागि दिन तयार देखिएका छन । तर बाँकी ७५ सिटमा दलहरूको रस्साकस्सी रहेको छ । बाँकी धेरै सिटमा दोहोरो र तेहोरो दाबी देखिएको छ ।

मंसिर ४ को निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची बुझाउने समय नजिकिदै जाँदा पनि दलहरूले सिटमा भागवण्डा जुटाउन सकेका छैनन् । असोजको २ र ३ गते बन्द सूची बुझाउनका लागि निर्वाचन आयोगले समय निर्धारण गरेको छ । एक महिनादेखि सत्तागठबन्धनको भागवण्डा कार्यदलले दर्जनौँ बैठक गरे पनि सहमतिमा पुग्न नसकेको हो ।

नेपाली कांग्रेसले आफूले एकल बहुमतका लागि कोशिश गरिरहेको छ भने नेकपा माओवादी केन्द्रले कांग्रेसलाई एकल बहुमतबाट रोक्ने अभियानमा छन । जसले गर्दा बाँकी ७५ सिटको भागवण्डा उनीहरूका लागि थप कष्टकर बन्ने निश्चित छ ।

प्रकाशित मिति : 09:57