प्रतिनिधिसभा र प्रदेशसभामा नुवाकोटबाट सिफारिस भएका यी हुन एमालेका उम्मेदवार
२१ भदाै, नुवाकोट । नेकपा (एमाले) नुवाकोटको पूर्ण बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको सिफारिस गरेको छ । सोमबार विदुरमा बसेको बैठकले समानुपातिकका लागि क्लस्टर नै तोकेर नाम सफारिस गरिएको अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।
बैठकले प्रतिनिधिसभाका लागि खस आर्यमा केन्द्रीय सल्लाहकार परिषद्का सदस्य महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । त्यस्तै महिलामा केन्द्रीय सदस्य विन्दा ढुंगानाको नाम सिफारिस गरिएको छ । जनजातितर्फ बागमती प्रदेश कमिटीका सदस्य अजितमान तामाङको नाम सिफारिस गरिएको छ ।
त्यस्तै जिल्ला कमिटीको बैठकले बागमती प्रदेशसभाका लागि समानुपातिकमा खस आर्यमा अल्पसंख्यकमा सुरज शेर्पा र पृथ्वीभक्त राई दनुवारको नाम सिफारिस भएको छ । दलितमा केशर सेञ्चुरी, बद्री मिजार, नारायण दुलाल र मिठु मिजारको नाम सिफारिस भएको छ । जनजातिमा गणेशकुमार श्रेष्ठ, अनुजकुमार श्रेष्ठ, बच्चुमाया सुनारीमगर, राजु लामा, श्रीमाया लामा, मेञ्चुङ लामा, विन्दा श्रेष्ठ, जयन्ती तामाङ र रेखा लामा रहेका छन ।
त्यस्तै खस आर्य महिलामा दुर्गा वस्ती, दुर्गा पुडासैनी, सावित्री प्याकुरेल, विन्दा नेपाल, कल्पना न्यौपाने पाण्डे, गीता दाहाल, र विमला कार्की सिफारिसमा परेकी छिन ।
प्रकाशित मिति : 20:51









