२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

गाई चिन्ह नपाएपछि राप्रपा नेपालका अध्यक्ष थापा भन्छन्: ‘फैसला दुर्भाग्यपूर्ण’

२१ भदाै, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने सर्वोच्च अदालतको फैसला दूर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिएका छन । सर्वोच्चको फैसलापछि थापाले दिएको प्रतिक्रिया यस्तो रहेको छ ।

अदालतको फैसला शिरोधार्य छ। तर,गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदरगर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ।चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो । चलखेल,दवाव र ‘सेटिङ’ले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।

कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम मा.कुमार रेग्मी र मा.तिलप्रसादको ईजलासले गर्‍यो, यसको जवाफ उहाँहरुले दिनुपर्नेछ । ओठें जवाफ दिन सकिएला तर उहाँहरुको अन्तर्आत्माले उहाँहरुलाई जीवनभर पोलिरहने छ।

झण्डामा गाई राख्न पाईने चुनाव चिन्ह बनाउन नपाउने ! निर्वाचन आयोग र अदालतको वाह! क्या गजबको निर्णय र न्याय !अदालत र निर्वाचन आयोगलाई मेरो चुनौती छ-कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ?दलले आफ्नो चिन्ह रोज्न/परिवर्तन गर्न कुन कानुनले रोकेको छ?देखाउनु होस् । जनताले पनि हेरोस्, बुझोस् ।

अदालतको फैसला मान्नु वाध्यता छ।मान्छु। देशमा एउटा बलियो राष्ट्रवादी हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भैरहेको देशीविदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र अन्तर्गत कै एउटा कडी हो राप्रपा नेपाललाई गाई नदिने निर्णय।

तर, हामी हतोत्साहित वा विचलित भएका छैनौ। अदालत, संवैधानिक अंग र राज्यव्यवस्थामा रहेका यस्ता विकृतिका पर्खालहरु भत्काएर अझ उच्च मनोबल, दृढता र सक्रियताका साथ अघि बढ्ने छौँ।भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्नेछौँ।

प्रकाशित मिति : 19:40