२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

गाई चिन्ह माग्दै कमल थापाले दिएको रिट सर्वोच्चद्धारा खारेज

२१ भदाै, काठमाडाैं । आफ्नो पार्टीले गाई चिन्ह पाउनुपर्ने माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

मंगलबार थापाले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हाे । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णयविरूद्ध कमल थापाले दिएको रिट खारेज भएको हाे ।

यसअघि निर्वाचन आयोगले कमल थापाको पार्टीलाई गाई चुनाव चिन्ह नदिने निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध थापा सर्वोच्च गएका थिए। निर्वाचन आयोगले केहीदिन अघि राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’ प्रदान गरेको छ।

प्रकाशित मिति : September 6, 2022 at 6:23 pm