४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

समृद्धि फाइनान्सको नयाँ शाखा इटहरीमा

२१ भदाै, काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो छैठौ शाखाको रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उक्त नयाँ शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश नं. १ कार्यालयकी प्रमुख मिना पाण्डे, इटहरी उ.वा. संघका अध्यक्ष भिम पौडेल, इटहरी उ.म.न.पा वार्ड ६ का वार्डअध्यक्ष दिवश पोख्रेल सहित लब्ध प्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबार सम्बन्धि जानकारी गराएका थिए । त्यस्तै चाँडै नै सातौं र आठौ शाखाको रुपमा बनेपा र जनकपुर शाखाको पनि उद्घाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १४:२६