२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रतिनिधिसभाको समयावधि बढाउने सरकारको स्वेच्छाचारी कार्य आपत्तिजनकः नेता रावल

२१ भदाै, काठमाडाैँ । नेकपा (एमाले)का नेता डा भीमबहादुर रावलले प्रतिनिधिसभाको समयावधि बढाउने सरकारको स्वेच्छाचारी कार्य आपत्तिजनक रहेको बताएका छन । मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटर मार्फत टिप्पणी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन ।

उनले भनेका छन, ‘प्रतिनिधि सभाको निर्वाचनको प्रक्रिया अघि बढिरहेको र धेरैजसो सांसद काठमाण्डौमा नभएको स्थितिमा संसदमा विभिन्न ऐन संशोधन गर्ने र निर्वाचन आयोगको पूर्व घोषणा विपरीत प्रतिनिधि सभाको समयावधि बढाउने गठबन्धन सरकारको स्वेच्छाचारी र अलोकतान्त्रिक कार्य आपत्तिजनक छ । यस्तो काम बन्द होस् ।’

प्रकाशित मिति : 09:22