१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो

२० भदाै, काठमाडौं । एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन ९एनबीए० का अनुसार भदौ ११ गतेदेखि भदौ १७ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको हो।

गत भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो। एक साताको अवधिमा बैंकहरुको निक्षेप ११ अर्बले बढेर १७ गतेसम्म ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा थियो ।

एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेपसँगै औसत सीडी रेसियोमा पनि सुधार आएको छ। यो अवधिमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.४२ प्रतिशतबाट झरेर ८८.२५ प्रतिशतमा पुगेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १३:२७