२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

सचिव मधु मरासैनीले नै बहिष्कार गरे अर्थमन्त्री जनार्दन शर्माको स्वागत कार्यक्रम

१५ साउन, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधका टुलुटुलु हेरेर बस्ने साक्षी अर्थसचिव मधु मरासैनीले शर्माको दोस्रो कार्यकालको स्वागत कार्यक्रम बहिष्कार गरेका छन । आइतबार साँझ ६ बजेर ३० मिनेटमा मन्त्री शर्मा अर्थ मन्त्रालय प्रवेश गर्ने बेलामा मरासैनी उपस्थित भएनन् ।

त्यसअघि शर्माले राजिनामा नदिँदासम्म अनिश्चितकालका लागि विदामा बस्ने घोषणा गरेर घर बसेका उनी शर्माले राजिनामा दिएपछि मन्त्रालय फर्किएका थिए । आइतबार भने उनी शर्माको स्वागत कार्यक्रम बहिष्कारकै लागि पोखरा पुगेका छन ।

अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधका साक्षी उनले सीसीटीभी फुटेज मेटाउने काममा सहयोगी भूमिका खेलाका थिए । उनी आफैँ गलत काममा परेका कारणउनलाइ फेससेभ गर्न कठिन भैरकेको छ । करको दर परिवर्तन गरेर राष्ट्रमाथि अपराध गरेका शर्माले त्यसको प्रमाण मेटाउन सीसीटीभीको फुटेज समेत मेटाएका थिए ।

सचिवको मातहतमा हुने सीसीटीभीको निगरानी मन्त्रीले कसरी मेटाउन सके रु यसको प्रश्न चर्को रूपमा उठे पनि अहिलेसम्म जवाफ कसैले पाएको छैन । शर्मा भने संसदीय छानविन विशेष समितिबाट बहुमतको सफाइ लिएर मन्त्रालयमा पुनः फर्किएका छन ।

यो पनि पढ्नुहोस्

अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधका साक्षी अर्थसचिव मधु मरासैनी अनिश्चितकालीन विदामा

सचिव सरूवामा प्रचण्डको सेटिङ, ढुकुटी भ्वाङ पार्नेलाई अर्थसचिवको जिम्मेवारी

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १८:५०