१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख

१४ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा जयेन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।

“उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार २१:५५