एसपीपीको विवाद छल्न अमेरिकी विदेशमन्त्री लुले नेपालसँग जोडेर सुनाए प्रेम कथा
१३ साउन, काठमाडौँ । अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी)को विवाद छल्न अमेरिकाको दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायका विदेशमन्त्री डोनाल्ड लुले भिडियो मार्फत आफ्नो प्रेम कथा सुनाएका छन । लुले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन भने प्रधानमन्त्रीसँग भेटवार्ता गर्न बाँकी छ । यही बीचमा शुक्रबार लुले आफ्नो प्रेम कथा भिडियो मार्फत सार्वजनिक गरेका छन ।
उनले नेपालसँग पुरानो साइनो रहेको भन्दै अहिले बिबाह गरेको श्रीमतीसँग नेपालमै प्रेममा परेको खुलाएका छन । लुले २९ वर्षअघि नेपाल घुम्न आउँदा अहिलेको श्रीमतीसँग लभ परेको बताएका छन । उनले भनेका छन ‘झण्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ, म ती युवतीसँग प्रेममा परे, जो आज मेरी श्रीमती छिन् ।’
यसबीचमा एसपीपी चरम विवादित भएपछि शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्काले संसदमा अस्वीकार गर्ने पत्र अमेरिका पठाइसकेको बताएका छन ।
प्रकाशित मिति : 15:48









