२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

१२ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खेलकुदमा विशेष चासो राख्ने नेतामा पर्छन । प्रधानमन्त्री हुँदा घरेलु मैदानमा भएका अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हेर्न खेलस्थलमै पुगेका ओलीको केही अघि क्यारेम बोर्ड खेलीरहेको, पुल हाउसमा खेलीरहेको तस्बिर सार्वजनिक भएको थियो ।

बिहीबार भने ओली व्याटमिन्टन खेल्दै गरेको तस्बिर सार्वजनिक भएको छ । ओली विभिन्न राजनीतिक गतिबिधिमा सहभागी हुन अहिले गृह जिल्ला झापामा रहेका छन । बिहीबार बिहान ओलीले एमालेका नेता अग्नि खरेलसँग व्याटमिन्टन खेलिरहेको तस्बिर सार्वजनिक भएको छ । ओली टेबुल टेनिसमा पनि उत्तिकै चासो राख्ने नेता हुन ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ०८:३७