२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रचण्डको घरबेटीले अलपत्र पारेको बालाजु-पीपलटार सडक तत्काल निर्माण गर्न निर्देशन

११ साउन, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेकपा माओवादी केन्द्रका घरबेटी समेतको संलग्लनतामा भत्काएर अलपत्र छाडिएको देशको उत्तरी नाकाबाट राजधानी जोड्ने बालाजु-रानीपौवा-पीपलटार सडक तत्काल निर्माण तथा स्तरोन्नति गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सभापति कल्णयाणी खड्काले दिएको जानकारी अनुसार भारतको एक्जिम बैंकको सहयोगमा निर्माणाधीन नुवाकोट जिल्लाअन्तर्गत बालाजु-रानीपौवा र रानीपौवा-पीपलटार सडक खण्ड ठेक्का रद्द भई निर्माण अवरुद्ध भएकोले जनाउँदै निर्माण कार्य तत्काल अगाडि बढाउने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

उक्त सडकखण्डको दूरावस्थ भएको भन्दै नुवाकोटबाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा र बहादुरसिंह लामाले संसदमै कुरा उठाएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार २२:४४