२० मंसिर २०८१, बिहीबार | Thu Dec 5 2024

प्रवासी युवा भन्छनः मन्त्री अधिकारीको काम इतिहासकै उत्कृष्ट

–तीर्थ भट्टरार्इ

म बिगत १३ बर्षदेखी युएइको अबुधाबिमा कार्यरत छु । देशमा सोचेजस्तो रोजगारीको अवसर नहुँदा अझैसम्म पनि म बर्षमा १/२ पटक बिदामा स्वदेश आउने गर्दछु र फेरि कर्मभूमि फर्किने गर्दछु । म जस्तै रोजगारीको शिलशिलामा करिब ४० लाख नेपाली युवाहरु देशबाहिर रहेका छन । देशको अस्तब्यस्त राजनीती, भ्रष्टाचार अनि बेरोजगारीले गर्दा यति लामो समयसम्म बिदेश बस्नुको पीडा त छँदैछ त्यहि पीडा भुलाउन बर्षमा एकचोटि बिदा मनाउन घर फर्किने प्रदेसी युवाहरु जब आफ्नो देशको अन्तर्रास्ट्रिय बिमानस्थलमा अवतरण गर्ने गर्थे तब मन झन भारी हुने गर्दथ्यो, कारण बिमानस्थलको त्यो गुज्रीएको हालत देखेर।

बिमानस्थल सुधारको लागि बर्षै पिच्छे बजेट बिनियोजन हुने गर्दछ तर त्यो बजेट कहाँ जान्छ र देशको प्रमुख आकर्षकको केन्द्र यो अवस्थामा रहेको छ भन्ने प्रश्न मसँग मात्रै हैन म जस्ता लाखौँ युवाहरुको मनमा सधै खेल्ने गरेको छ । हाम्रो देशमा पर्यटकीय सम्भाब्यताले भरिभराउ रहेको छ, यहाँ बर्षभरिमा लाखौँ पर्यटकहरु भित्रिने गर्दछन तर जुन सोच लिएर पर्यटक आउछन त्यसको आशा बिमानस्थलको अस्तब्यस्तताले सबै मेटाइ दिन्छ र नेपालको छवि यसै कारणले धमिल्लिरहेको यथार्थ सबैमा बिदितै छ।

हाल नयाँ सरकार गठनपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारिले बिमानस्थलमा उल्लेख्य सुधार गर्नु भएको छ भनेर विभिन्न सामाजिक संजाल, अनलाइन मिडिया र टिभी च्यानलहरुमा सुन्ने हेर्ने गर्दथे र यसो हुँदा वर्षाैैदेखि बिरक्त्तिएको यो मन प्रफुल्लित स्वभाबिकै हुने गर्दथ्यो तर तीन महिना पहिला जब म आफैँ बिदाका लागि मातृभुमी प्रस्थान गरे तब अन्तरास्ट्रिय बिमानस्थलको रुप रङ्ग नै बदलिएको प्रत्यक्ष अाफ्नै अाँखाले देखेँ।

त्यहाँको सरसफाइ, ब्यवस्थापन, सजावट, कर्मचारीले गर्ने व्यवहार, यात्रुहरुलार्इ मध्यनजर गर्दै बस्ने नयाँ कुर्सीहरुको ब्यवस्थापन सबै ठाउँमा रहेको देखेर दङ्ग परे र खुसीले मन्त्रीज्युलार्इ मनमनै धन्यवाद दिए । यो बदलियत देखेर म मात्र खुसी थिइन मेरो साथमा हरेका साथिहरु जो दुबइ र विभिन्न देशबाट ट्रान्जिट भएर नेपाल फर्किएका थियौँ हामी सबै खुसी भयौँ र सबैले ब्यक्त गरेको एउटै वाक्य थियो-गरे के नहुने रहेछ र, हाम्रो एयरपोर्ट यति धेरै सुधारिएकोमा मन्त्री ज्युलाइ धन्यवाद ।

बिगतको इतिहासलार्इ हेरेर हामी सधै निराश अवस्थामा थियौँ तर, हामिमाँझ यो सरकार गठन भएपछी धेरै आशा र भरोसा छ । समृद्धिको अभियान लिएर अघि बढ्नु भएका सम्माननिय प्रधानमन्त्री ज्यु र उहालार्इ मन्त्री मण्डलमा रहेर साथ दिइरहनु भएका माननीय रबिन्द्र अधिकारी जस्ता युवा जोस बोकेका मन्त्रीबाट हामी युवाले अझै धेरै आशा गरेका छौँ । छोटो समयमा भएको यो प्रगतिले हामी जस्ता युवाहरु अत्यन्त हर्षित छौ पनि।

हिजो आज केही ब्यक्तिबादी सोच र राजनैतिक स्वार्थ बोकेका मान्छेहरुले उहाँको काम देखेर केही अनावश्यक कुप्रचार गरेको पनि देख्छु, देशमा भएका बिमानहरु बेचेर खाएको नदेख्नेहरुले देशमा ठुलाठुला बिमानहरु भित्र्याएको देखेर आत्तिएको भान हुन्छ । एयरपोर्ट सुधारको नाममा रकम निकासा गरेर वर्षाैसम्म आफ्नो पेट भर्नेहरुले सरम लागेर बिरोध गरेको हुन जस्तो लाग्छ, बिरोधी मनहरुले बिरोधका लागि र आफ्नो लुकेको स्वार्थ जनतामाझ स्पस्ट देखिएकोले त्यसलार्इ लुकाउन केही समय उहाको बिरोध गरेको जस्तो लाग्छ तर समयको बेगसँगै ती बिरोधिहरुको मनभित्र उहाँको यो प्रसंसनीय कामहरु बस्नेछ भन्नेमा ढुक्क छु । सरकारलार्इ सफल बनाउन छोटो समयमा मन्त्री रबिन्द्र अधिकारिले गर्नुभएको काम र सुधारहरु उल्लेखनीय छ त्यसको लागि जनताले स्पस्ट देख्नेगरी उहाँले काम गर्नु भएको छ।

बिमानस्थल सुधार मात्र हैन, बन्दै गरेको पोखरा बिमानस्थल, भैरहवा बिमानस्थलमा निरन्तर अन्वेषण गरि तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन गर्नु, भैरहेको कामको आफै पुगेर निरीक्षक गर्नु, बिगतमा काम बन्द गरिएका domestic एयरपोर्टहरुको काम अघि बढाउनु, देशको पर्यटन प्रबर्द्धनको लागि उल्लेख्य योजनाहरु ल्याएर आगामी बर्षहरुमा पर्यटन क्षेत्रबाट देशलार्इ समृद्धिको अभियानमा सघाउनु, ६ महिना भित्र दुई वटा ठुला बिमानहरु देशमा भित्र्याउनु र आगामी केही बर्षमा अझ बढाउने योजना बनाउनु यो इतिहासकै सकारात्मक कार्य हो।

यस्तै उल्लेखनीय कामहरु प्रत्येक्ष हेरि आफ्नो केही महिनाको बिदा सकेर त्यही सुधारिएको बिमानस्थलबाट फेरि कर्मभुमीतर्फ बाहिरिएको छु । छोटो समयमा चित्त बुझ्दो काम र सुधारहरु देखेर उहाँको मुक्तकण्ठले प्रशंशा गरेको हुँ र फेरि केही महिनापछी स्वदेश फर्किदा बाँकी रहेका सुधार अनि बिकासका कामहरुले सार्थकता पाउन भन्ने कामना पनि गरेको छु।thank you honourable minister rabindra Adhikari,जय देश!!

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १७:२०