७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

प्रेस युनियनमा नेतृत्वका लागि प्यानल भिडिन्त हुने, यी हुन काेइराला समूहका उम्मेदवार

६ साउन, काठमाडौँ । प्रेस युनियनको नेतृत्वका लागि प्यानल भिडन्त हुने भएको छ । आजदेखि हेटौँडामा सुरू हुँदै गरेको अधिवेशनमा संस्थान सभापति शेरबहादुर देउवा समूह र संस्थापन इतर शेखर कोइराला समूह प्यानल नै सहित चुनावमा जाने भएका छन । कोइराला समूहले आज बिहान प्यानल सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले हेटौँडामा भएको एउटा कार्यक्रममा कोइराला समूहका उम्मेदवारको सूची सार्वजनिक गरेका छन ।

देउवा समूहले यसअघि प्रधानमन्त्री निवास बालुवाटारमै बैठक गरेर अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका उम्मेदवारको तय गरेको छ । अध्यक्षमा देउवा समुहबाट अनिता बिन्दु र कोइराला समूहबाट शिल लम्सालले प्रतिस्पर्धा गर्नेछन । दुबैजना टेलिभिजन पत्रकार हुन । आजबिहान कोइराला समूहले घोषणा गरेको पदाधिकारीको उम्मेदवारहरू यस्ता छन ।

अध्यक्षः शिव लम्साल

वरिष्ठ उपाध्यक्षः प्रेम केसी

उपाध्यक्षः राममणि दाहाल

उपाध्यक्षः नकुल अर्याल

महिला उपाध्यक्षः सलोजा दाहाल

प्रदेश १ को उपाध्यक्षः डिल्लीराम खतिवडा

प्रदेश २ को उपाध्यक्षः अनिल कर्ण

बागमती प्रदेशको उपाध्यक्षः डा मुरारी अधिकारी

गण्डकी प्रदेशको उपाध्यक्षः सिद्धान्त पौडेल

लुम्बिनी प्रदेशको उपाध्यक्षः जनार्दन घिमिरे

कर्णाली प्रदेशको उपाध्यक्षः राजेन्द्र कार्की

सुदूरपश्चिम प्रदेशको उपाध्यक्षः प्रेम चुनारा

उपत्यका उपाध्यक्षः जीवन भण्डारी

महासिचवः दिलिप पौडेल

उपमहासचिवः अभय राइ

उपमहासचिवः कमल पन्त

सचिवः तीर्थ बस्नेत

सचिवः केदार दाहाल

सचिवः पुष्पा शर्मा

प्रकाशित मिति : July 22, 2022 at 10:06 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/