७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

कांग्रेस निकट प्रेस युनियनको अध्यक्षमा देउवा गुटबाट अनिता, कोइराला गुटबाट शिव

३ साउन, काठमाडाैँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको अध्यक्षमा संस्थापन समूह अर्थात पार्टी सभापति शेरबहादुर देउवाको गुटबाट अनिता बिन्दु र शेखर कोइराला गुटबाट शिव लम्साल उम्मेदवार हुने निश्चित भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा यही साउन ६ र ७ गते आयोजना हुने नवौँ महाधिवेशनका लागि उनीहरूको उम्मेदवारी तय भएको छ । संस्थापनबाट अध्यक्ष उम्मेदवार बनेकी अनितालाई युनियनका अध्यक्ष बद्री सिग्देलसहित पूर्व अध्यक्ष समिरजंग शाह, पूर्व वरिष्ठ उपाध्यक्ष नवराज लम्साल, नेपाल पत्रकार महासंघका पर्व अध्यक्ष सुरेश आचार्य, महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायतको समर्थन रहेको छ ।

नेपाल टेलिभिजनमा कार्यरत अनिता प्रेस युनियन र नेपाल पत्रकारको पूर्व उपाध्यक्ष हुन भने मिडिया एडभोकेसी ग्रुप म्याग र गोगो फाउण्डेसनको वर्तमान अध्यक्ष हुन ।

लम्सालाई राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्व सभापति गंगाधार पराजुली, प्रेस युनियनका पूर्व अध्यक्ष मुरारी शर्मा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, प्रेस युनियनका पूर्व अध्यक्ष किरण पोखरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतको समर्थन रहेको छ ।

प्रकाशित मिति : July 19, 2022 at 8:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/