सुवेदी जापानका लागि राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा दुर्गाबहादुर सुवेदीलाई आज जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरी सो जानकारी दिनुभएको हो ।

प्रकाशित मिति : July 17, 2022 at 8:10 pm









