९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

प्रचण्डका घरबेटीले सडक भत्काएर छाडेपछि बिरोधमा वडा अध्यक्षले सडकमै काम थाले

२८ असार, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले ठेक्का लिएर वर्षौदेखि अलपत्र पारेको भक्तपुर नगरकोट सडकका कारण स्थानीय खेपेको पीडामा मल्हम लगाउन नसेकेपछि एक जनप्रतिनिधि सडकबाटै सेवा प्रवाहा गरेर राज्यलाइ दबाब दिने अवस्थामा पुगेका छन ।

चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामाले सोमबारदेखि सडकबाटै वडा कार्यालय सञ्चालन गरिरहेका छन । उनी गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वडा अध्यक्षमा विजयी भएका थिए ।

नगरकोटको यो सडक बनाउनका लागि स्थानीयहरूले धेरै खालका रचनात्मक बिरोध प्रदर्शन गरे तर राजनीतिक संरक्षणा पाएको ठेकेदारले कहिल्यै पनि जनताको आवाज सुनेन् । टेबुलकुर्सीसहित वडा कार्यालय सडकमा पुगेकाले वडावासीले त्यही पुगेर सेवा लिइरहेका छन ।

वडा अध्यक्ष लामाले भक्तपुर नगरकोट सडक तत्काल निर्माण गर भन्ने ब्यानर नै टाँसेर राखिएको टेवलमा बसेर वडाबासीलाई सेवा दिइरहेका छन । भक्तपुरको कमलविनायक भत्केको पाटीबाट नगरकोट पुग्ने १६ किलोमिटर लामो सडक आर्थिक वर्ष २०७२/७३ भित्र सम्पन्न गरिसक्ने गरी एक्जिम बैंक इन्डियाको ऋणमा आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले संयुक्त रुपमा काम गर्नेगरी लिएका थिए तर अहिलेसम्म बाटो भत्काउने बाहेकको कुनै काम भएको छैन ।

प्रकाशित मिति : July 12, 2022 at 3:18 pm