९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

मुख छोपेर पदमा बसिरहेका जनार्दन शर्मालाई घोक्राएयर निकाल्न खगेन्द्र संग्राैलाको माग

२१ असार, काठमाडौँ । चर्चित र प्रभावशाली लेखक खगेन्द्र संग्रौलालले आर्थिक अपराधमा सहाभागी भएका अर्थमन्त्री जनार्दन शर्मालाई घोक्राएयर निकाल्न माग गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्पणी गर्दै लेखक संग्रौलाले मुख छोपेर दाह्रीजुँगा मुसार्ने निर्लज्ज शर्मालाई तत्काल निकाल्न माग गरेका छन ।

उनले भनेका छन, ‘आफूमाथि आराेपित दुष्कर्मकाे प्रमाण मेट्ने दुराशयले सीसीटीभी फुटेज मेटेकाे प्रमाणितै भएर पनि अर्थमन्त्री जनार्दन शर्मा मुख छाेपेर पदबाट पाखा नलागी ढुक्कै दाह्रीजुँगा मुसारिराछन् त!निर्लज्ज भएर जनभावनाकाे अपमान गर्दै अटेर गर्दा घाेक्र्याएर निकाल्लान् है माननीय कँण !’

प्रकाशित मिति : July 5, 2022 at 1:02 pm