काठमाडौंका सडकमा खानेकुरा बेच्न निषेध
१४ असार, काठमाडाैं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ। महानगरपालिकाले हैजा नियन्त्रणका लागि भन्दै सडकमा खानेकुरा बेच्न निषेध गरेको जनाएको छ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो। महानगरपालिकाले निर्देशनकाे अवज्ञा गरे जरिवानासहित थप कारबाहीकाे चेतावनी दिएको छ।
प्रकाशित मिति : June 28, 2022 at 8:31 pm









