९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न गुण नियन्त्रण विभागको आग्रह

१४ असार, काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आज एक सूचना जारी गर्दै खाद्य नियमावली २०२७ को दफा १९ (घ) बमोजिम कार्वाइडको (एसिटिलिन ग्यास) प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि नराख्न अनुरोध गरेको हो ।

विभागले अनावश्यक रुपमा फलफूलमा कार्वाइडको प्रयोग गर्ने व्यवसायीलाई खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने जनाएको छ । व्यावसायिक रुपमा फलफूल पकाउने व्यवसायीले रसायन प्रयोग गरी फलफूल पकाउन पर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनको तोकिएको विधिअनुरुप मात्र गर्नसमेत विभागले आग्रह गरेको छ ।

यस्तै, विभागले फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नगर्न र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाव वा मातहतका कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : June 28, 2022 at 2:11 pm