२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रचण्ड र मेराे कारण नेकपा फुट्या हाे, म आत्मआलाेचना गर्छु: बामदेव गाैतम

११ असार, काठमाडाैँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू तत्कालिन समयमा प्रचण्डको गुटमा नलगोको भए नेकपा पार्टी नफुट्ने दाबी गनुभएको छ । शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, ‘मेरै कारणले तत्कालिन नेकपा पार्टी फुट्यो भन्ने आरोप लगाइयो ।

म गुटमा नलागेको भए पार्टी फुट्ने थिएन । मैले आत्मआलोचना गरेको छु । मलाई कल्पना पनि थिएन पार्टी फुट्छ भनेर ।’ पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने भएपछि आफुले प्रचण्डको गुट पनि छाडेको उहाँको भनाई छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार १३:२०