निर्मला हत्या प्रकरणमा राष्ट्रपतिको प्रतिक्रिया खोर्इ ? विद्या भण्डारीलार्इ कविन्द्रको पत्र
कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि भएको हत्याका विषयमा सर्वत्र चर्चा र चासो छ । तर देशको राष्ट्रको संरक्षक राष्ट्रपति महिला नै हुँदा पनि यति तातो रूपमा उठेको विषयमा प्रतिक्रिया नदिएको भन्दै कविन्द्र कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा एउटा पत्र लेखेका छन ।
श्रद्धेय महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यू ! अभिवादन।
एक साधारण व्यक्ति म ‘कवीन्द्र कोइराला’को तर्फबाट हजुर समक्ष आफ्ना केहि बिचार पस्कन जादैछु। मेरो देश नेपाल यस्तो देश हो, जहाँ एक नारी/स्त्री/महिलालाई देविको रुपमा मानिन्छ र यो पौराणिक कालदेखी नै चलि आएको कुरा पनि हो। हरेक नारीमा देविको वास हुन्छ किनकि नारी धर्तिमा एक साधारण मानिसको रुपमा नभएर एक छोरी, श्रीमति, आमा र अन्य भूमिका निभाउदै अगाडि बढेकि हुन्छिन। त्यहि एक नारी मध्य तपाइ पनि एक हुनुहुन्छ। तपाइ पनि एक आमा नै हुनुहुन्छ। यति मात्र नभएर राष्ट्रले मान्दै आएको एक राजनेता ‘स्व. कमरेड मदन भण्डारि’को श्रीमती पनि हुनुहुन्छ। यि नितान्त तपाइका जीवनका एक व्यक्तिगत विषयवस्तु भए, तर पनि कतै भुल्नु भएको त छैन कि भनेर सम्झाउने कोशिस गरेँ।
अब आऔं देशको विषयमा तपाइको भूमिकाबारे कुरा गर्न। मलाई व्यक्तिगत रुपमा मन पर्ने देशका नेता क. मदन भण्डारीले जुन सपना बोकेर देश हाक्ने उद्धेश्य बोकेका थिए, त्यो पुरा हुन नपाउदै शत्रुको कालो छाँया उनिमाथि पर्यो। तर उनले धर्ति छोडे पनि उनको बिचार अमर रहेकाले उनि नेपाली राजनितीमा अमर हुनुहुन्छ। वहाँको जीवन भूमिका के कस्तो रह्यो, शायदै मैले देख्न पाइन। यो दुर्भाग्य थियो कि पछि जन्मिए। तर वर्तमान अवस्थामा उनको सङ्गिनी यानिकी तपाइ देशको अभिभावकको रुपमा दोश्रो पटक चिनिनु भएको छ। हजुरलाई नमन। तर अभिभावकले आफ्ना सन्तानमाथी केहि तलमाथि पर्दा सिंहले शत्रुलाई आक्रमण गर्ने जसरि आक्रमण गर्छन।
हजुर पनि व्यक्तिगत रुपमा २ चेलीको आमा हुनुहुन्छ। यति भन्नुको तात्पर्य यो होकि बिगतका ४ वर्षमा चार हजार भन्दा धेरै बलत्कारका घटना घटेको तथ्य बाहिर आएको छ। केहि बाहिर धेरै चर्चामा रहे त केहि बाहिर आउन सकेनन। अधिकांश बलत्कारका घटना बालिका या भर्खरका किशोरीहरुको रहेको खबर छन। हालै मात्र देशव्यापि रुपमा चर्काचर्की परेको बलत्कारको घटना कञ्चनपुर स्थित एक बालिका निर्मला पन्तको रहेको छ। असली बलत्कारी/हत्यारालाई लुकाउन एक मानसिक सन्तुलन बिग्रिएको व्यक्तिलाई फसाउन आरोपी र स्वयं कञ्चनपुर प्रहरी कार्यलय लागि परेको कुराले चौतर्फी बिरोध हुदैछ।
यस्तो हुदा ति नानीको आमामाथि के बितेको होला, एक पटक त्यो स्थानमा आफूलाई राखेर सोच्नुस। त्यसमाथि तपाइ त देशको अभिभावक। के निर्मला पन्त तपाइको छोरी होइन? निर्मला जस्ता हजार बालिका/किशोरीको आमा बनेर एक पटक सोच्नुस। महिना दिन बितिसक्दा पनि, कसैबाट केहि बोलि नफूट्दा र एक साधारण मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अपराधी घोषित गर्न खोज्ने प्रसाशन र आरोपीको ठप्पा लागेका पक्ष नै यहाँ कम्मर कसेर घटना दबाउन लागि परेको छ। यसलाई राजनितीक तरिकाले हेर्ने हो भने देशको भवितव्य एकदमै नाजुक हुने मैले देख्दैछु।
माथी उल्लेख गरेको छु, स्त्री एक देवि हुन। तर आज तिनै स्त्रीलाई आमा मान्ने समाजले आज स्त्रि माथिको दमनमा किन मौनता जमाउछ? तपाइ त झन अभिभावक भएकै कारण पनि देवि हुनुहुन्छ। तपाइको चित्त दुख्दैन? यसबारे केहि कडाइका कानुन बनाउन पर्ने जिम्मेवारी तपाइको होइन? बलत्कारी/हत्यारालाई सजाय दिन तपाइको कुनै भूमिका छैन? यस्ता निन्दनिय घटनामा तपाइ जस्ता राष्ट्र अभिभावक स्वयंको बिबेकले काम गर्न पर्ने अवस्थामा जनताले नै सडक तताउन पर्ने? यो देश कहाँ जाँदैछ? जुन देशको राष्ट्रपति एक महिला छिन, जो दोश्रो कात्यकाल सम्हाल्नका लागी अभिभावकका रुपमा चिनिए, उनलाई नै एक स्त्री बलात्कृत हुदा कुनै हरि नपलाएकोमा हामीले दु:ख व्यक्त गर्ने कि यो देश सुध्रोदैन अब भनेर चुप बस्ने? स्य आएको छ महामहिम ज्यू। केहि कदम चाल्नुस ताकि भविष्यमा यस्ता घटना फेरि सुन्न नपरोस र अभियूक्तले भागेर जाने मौका नपाउन।
यति भनि रहदा मनमा निकै पिडा जन्मेको छ, के यहि दुर्दशा देख्नको लागी थियो क. मदनको बलिदान? खैर! छोड्नुस। एक राष्ट्रपति/राष्ट्रअभिभावक/श्रीमती भएर होइन, एक आमा बनेर सोच्नुस । ति बिचरी आमाले नौ महिना कोखमा राखेर किन एक बालिकालाई जन्म दिइन? कि उ बलात्कृत होस भनेर? यो देशको समृद्धिको लागि हजारौँ आम व्यक्तिले ज्यान दिएका छन। यो कुरा मनन गर्नुहोला। अत: बलत्कारीलाई कडा भन्दा कडा कारबाही हुने कानुन बनाउनुस। बलत्कारीलाई लुकाउनेलाई झनै कडा कारबाही गर्ने नियम ल्याउनुस, तब मानौला कि हजारौँ सहीदको बलिदान व्यर्थ थिएन। भोलि कसैले निर्मलाको जस्तो अवस्था झेल्न नपरोस जसले धर्तिबारे नबुझ्दै धर्ति त्याग्न परोस।
जय मातृभूमि।
प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार १३:५०