६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा उपकार लघुवित्तको आईपीओ सूचीकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

१२ जेठ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सूचीकृत भएको छ । बिहीबार नेप्सेमा लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर सूचीकृत भएको हो ।

लुघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुको लगानी रहेको ४ लाख २० हजार कित्ता गरी कूल ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्समा सूचीकृत भएको हो ।

नेप्सेले लघुवित्तको शेयर कारोबारका लागि दोस्रो बजारमा यूएलबिएसएल सिम्बोल प्रदान गरेको छ । साथै लघुवित्तको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ४०३.९१ रुपैयाँदेखि अधिकतम १ हजार २११.७३ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । लघुवित्तको शेयर भोलि शुक्रबारदेखि कारोबार हुने नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १६:५९