गोरखा नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी
४ जेठ, गोरखा । गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादीका कृष्ण राना र उपमेयरमा नेपाली कांग्रेसकी मसली माया थोकर निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा रानाले नेपाली कांग्रेसका राजनराज पन्तलाई १ हजार ८५६ को फराकिलो मतान्तरले पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् ।
उनले ८ हजार ९६४ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी पन्तले ७ हजार १०८ मत प्राप्त गरेका थिए ।
उपमेयरमा निर्वाचित कांग्रेसकी थोकरले ७ हजार ४५३ मत प्राप्त गरेकी थिइन् । उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका नारायण खत्रीले ६ हजार ७१८ मत प्राप्त गरे ।
त्यसैगरी एमालेका उम्मेदवार देवीबहादुर बस्नेतले ४ हजार ९३४ मत ल्याएका छन् । नगरपालिकाको मेयररउपमेयरमा माओवादी र जसपा बीच चुनावी गठबन्धन भएको थियो ।
१४ वडा रहेको गोरखा नगरपालिकामा ६ वटा वडामा कांग्रेस, पाँच वटामा मोआवादी केन्द्र, दुई वटामा नेकपा एमाले र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रकाशित मिति : May 18, 2022 at 4:23 pm









